logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छ : वनमन्त्री ठकुरी

    गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छ : वनमन्त्री ठकुरी

    413
    Shares
    गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छ : वनमन्त्री ठकुरी

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताएका छन् ।

    सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले कर्णालीको महान गौरा पर्व सम्मान र आत्मियताका साथ मनाइने गरेको बताए ।

    उनले पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सद्भावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको बताए ।

    उनले भने, ‘कर्णालीको महान गौरा पर्व अत्यन्तै सम्मान र आत्मियताका साथ मनाइरहेका छौं । गौरा पर्वको यो कार्यक्रमको माध्यमबाट राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गरिरहेका छौं । हाम्रा यस्ता पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु, आपसी एकता र सदभावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको छ । गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएका छौं । गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गर्न सकोस् ।’

    उनले गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएको बताए । उनले गौरा पर्वले राष्ट्रिय एकता, मेलमिलाप र आपसमा सद्भाव कायम गरो भन्दै सबैलाई शुभकामना दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend