logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पर्व राष्ट्रका आन्तरिक पक्ष हुन्, पर्व र संस्कृति जोगाउन आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

    पर्व राष्ट्रका आन्तरिक पक्ष हुन्, पर्व र संस्कृति जोगाउन आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

    266
    Shares
    पर्व राष्ट्रका आन्तरिक पक्ष हुन्, पर्व र संस्कृति जोगाउन आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै संस्कृति मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

    उनले गौरा पर्व विशिष्ट प्रकारको पर्व भएको बताए । उनले गौरा पर्वले मर्यादा, सद्भाव, आत्मियता र आत्मविश्वास बोकेको भएपनि त्यो कुरा व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्ने बताए । उनले पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्ष भएको भन्दै पर्व र संस्कृति जोगाउन आवश्यक रहेको बताए ।

    उनले आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गरी विविधतापूर्ण संस्कृतिलाई मुलुकको साझा सम्पतिका रुपमा लिनुपर्ने बताए । उनले आगामी दिनमा देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्णका रुपमा चिनाउन आवश्यक रहेको बताए । उनले संस्कृति र पर्वहरु जोगाइराख्न विशेष गरी मर्यादा,आत्मा अनुशासनको खाँचो रहेको बताए ।

    उनले भने, ‘गौरा पर्व विशिष्ट प्रकारको पर्व हो । यसले मर्यादा बोकेको छ । सद्भाव बोकेको छ । आत्मियता र आत्मविश्वास बोकेको छ भन्ने कुरा हाम्रो व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्छ । यस्ता पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्षहरु हुन् । हामीले पर्व र संस्कृति जोगायौं । आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गयौं भने विविधतापूर्ण संस्कृति हाम्रा साझा सम्पति हुन पुग्दछन् ।

    हामीले आगामी दिनमा यो देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्ण देश भएको उत्पादन र प्रगतिको उदाहरण देखाउनुपर्ने छ । त्यसका लागि विशेष गरी मर्यादाको खाँचो छ । आत्मा अनुशासनको खाँचो छ । हामीले हाम्रा पर्वहरुका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौंमा मात्रै होइन ।

    राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि देखाउनुपर्ने छ । गौरा पर्वले एकताको कुरा गर्छ । सद्भाव र मेलमिलापको कुरा गर्छ । अब गौरा पर्वले केवल सुदूरपश्चिम होइन । नेपाल र नेपालीको हित र कल्यानको बाटो लिन सक्नुपर्छ ।’

    उनले पर्वहरुका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौंमा मात्रै नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि देखाउन आवश्यक रहेको बताए । उनले गौरा पर्वले एकता,सद्भाव र मेलमिलापको कुरा गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend