logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पेनाल्टी सुटआउटमा भारतमाथि जित निकाल्दै बंगलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त

    पेनाल्टी सुटआउटमा भारतमाथि जित निकाल्दै बंगलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त

    2K
    Shares
    पेनाल्टी सुटआउटमा भारतमाथि जित निकाल्दै बंगलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त

    काठमाडौं । बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले पेनाल्टी सुटआउटमा भारतमाथि ४–३ को जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो । निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेलको निर्णयका लागि पेनाल्टी सुटआउटमा धकेलियो ।

    जहाँ दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफले बंगलादेशलाई सफलता दिलाए । यससँगै नेपालले उपाधि भिडन्तका लागि बंगलादेश नै पाएको छ । नेपालले पनि पेनाल्टी सुटआउटमा भुटानमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    यससँगै दुवै सेमिफाइनलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो । समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । साविकको उपविजेतासमेत रहेको बंगलादेशले सोमवार भारतमाथि गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदलासमेत लियो । बंगलादेशका लागि दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफले पेनाल्टी सुटआउटमा सफलता दिलाएका हुन् । नियमित गोलकिपर मोहम्मद मेहदी हसन चोटका कारण ६९ औं मिनेटमा बाहिरिएसँगै आसिफले मैदान सम्हालेका थिए ।

    आसिफले पेनाल्टी सुटआउटमा भारतका दुई प्रहार रोक्दै बंगलादेशलाई फाइनलको यात्रा तय गरेका हुन् । उनले भारतका थाङलालसौन गाङ्तेको पहिलो प्रहार रोके । तर बंगलादेशको पहिलो प्रहारमा पिएस नोभाले गोल गर्दै आफ्नो टोलीको आत्मबल बलियो बनाए । यसपछि भारतका दुई प्रहार प्रम्भिर, ग्वग्वमर गोएरी र मनज्योत सिंह परमारले गोल गरे । यता बंगलादेशका लागि पनि मोइनुल इस्लाम र एमदी साकिल अहाद टोपुले गोल गरे । यससँगै बंगलादेश ३–२ ले गोल गरे ।

    चौथो पेनाल्टीमा बंगलादेशका असरफुल आसिफले गोल गरेपछि भारतको चौथो प्रहार महत्वपूर्ण रह्यो । तर यो प्रहार भारतका आकाश तिर्र्केको प्रहार आसिफले रोक्दै बंगलादेशलाई सनसनीपूर्ण जित दिलाए । बंगलादेशले खेलको शुरुवाती अग्रता जोगाउन नसक्दा पेनाल्टी सुटआउट सामना गर्नुपरेको हो । भारतले खेलमा पुनरागमन गरे पनि पेनाल्टी सुटआउटमा भने असफल भयो । त्यसअघि १७ औं मिनेटमा कोरौ सिंह थिङगुजामले शक्तिशाली प्रहार बंगलादेशका गोलकिपर एमदी मेहेदी हसनले सहजै बचाए ।

    ३५ औं मिनेटमा मेहेदी हसनले भारतको अर्को प्रहार असफल पारे । केल्भिन सिंह टाओरेमको अर्को शक्तिशाली प्रहारलाई उनले सहजै नियन्त्रणमा लिए । एक मिनेट बित्न नपाउँदै बंगलादेशले खेलमा अग्रता लियो । लेफ्ट साइडबाट विङ्गर एमदी राबी होसेन राहुलले दोस्रो बारमा गरेको प्रहार भारतका गोलकिपर प्रियान्स दुवेले बचाए । तर बक्सभित्र बल क्लियर हुन नसक्दा असदुल मोल्लाले गोल गरे । उनको वान टच प्रहार दोस्रो बारको जाली चुम्यो । यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो ।

    दोस्रो हाफमा भारतले लगातार अवसर सिर्जना गर्दै दबाब बनायो । दोस्रो हाफमा पहिलो अवसर भारत सृजना गर्यो । तर कोरौउ सिंह वान भर्सेस वानमा चुक्दा बंगलादेशलाई राहत मिल्यो । ५४ औं उनले दोस्रो बारमा प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन । ६२ औं मिनेटमा भारतका वैकल्पिक खेलाडी गाङ्तेको प्रहार पोस्टमा लाग्दै बाहिरियो । तीन मिनेटपछि ग्वग्वमसरको प्रहारलाई बंगलादेशका रक्षक कामासाई मार्मा साकिबले गोलमा परिणत हुन दिएनन् ।

    मार्माले गोललाइनबाट बल क्लियर गर्दै बंगलादेशको खतरा टारे । तर कप्तान तथा गोलकिपर मेहेदी हसन घाइते हुन पुगे । भारतको एकपछि अर्को आक्रमणलाई विफल पारेका हसन बाहिरिएपछि बंगलादेशले चुनौती सामना गर्यो । उनी विपक्षी फरवार्डसँग ठोक्किँदै घाइते हुन पुगे । ६९ औं मिनेटमा उनी मैदान छाड्न बाध्य भए । उनको स्थामा वैकल्पिक गोलकिपर आसिफले प्रतिस्थापन गरे । त्यसकोे दुई मिनेट पनि बित्न नपाउँदै भारतले बराबरी गोल फर्कायो ।

    भारतका लागि नोबा पाङाम्बामको कटब्याकमा रिकी मेतेइ हाओबामले सुन्दर गोल गरे । इन्जुरी समयमा बंगलादेश १० खेलाडीमा समेटियो । मार्मा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि भारतले त्यसको सदुपयोग गर्न सकेन । केही सेकेण्डमै रेफ्री श्याम दनुवारले खेल टुंगाए र खेल पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ बंगलादेशले बाजी मार्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend