logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन बुझ्नु राम्रो हुन्छः प्रधानमन्त्री ओली

    भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन बुझ्नु राम्रो हुन्छः प्रधानमन्त्री ओली

    553
    Shares
    भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन बुझ्नु राम्रो हुन्छः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताएका छन् । सोमबार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपिजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताए । उनले ईपिजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख गरे । उनले आफुहरुले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरुमाथि छलफल गर्न आग्रह गरिरहेको बताए ।

    प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धी लगायतका कुराहरुको पुनःमूल्यांकन हुनुपर्ने बताए ।

    उनले भने – ‘मोदीजी र मैले कुरा गरेरै प्रवुद्ध व्यक्तिहरुको समूह बनाएका थियौँ । चार जनाको समुह बनाएर दुई वर्षसम्म काम गर्यो । डा. भेषबहादुर थापाजस्ता प्रवुद्ध व्यक्तित्व, निलम्वर आचार्यजस्ता प्रवुद्ध व्यक्तित्व । उहाँहरुकै अगुवाईमा हामीले गरेका थियौँ । तर के कारणबाट भारतले त्यो बुझेको छैन । निर्णय के भएछ त्यहाँ भने, किन त्यस्तो भयो त्यो बुझिएन तर कुनै गलत मनशायले भएको होइन । भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालकोलाई बुझाउने भन्ने कुरा ।

    त्यो बुझेर प्रधानमन्त्रीहरुले बसेर छलफल गरेर, कार्यान्वयन गर्ने, नगर्ने, के गर्ने, कसो गर्ने, कसरी गर्ने कि गर्दै नगर्ने कि भन्ने कुरा त पछि प्रधानमन्त्रीहरुले गर्ने हो ।

    त्यो रिर्पोट नै नबुझ्ने कुरा ? यस्तो कुराहरुमा हामीले भनिरहेका छौँ । कुरा गरिरहेका छौँ । यो बुझ्नु राम्रो हुन्छ भनिरहेका छौँ । १९५० को सन्धि लगायतका सारा कुराहरुको पुर्नमूल्यांकन, त्यहीँबाट हामीले हेर्नुपर्ने कुराहरु । त्यो कुराहरु हामीले शुरुमै गरेर त्यसैको लागि हाम्रो सम्बन्धको वृहत्तर रुपमा हेरौँ न । के छ भनेर हेरेर नै हामीले ईपिजी बनाएको ।’

    प्रधानमन्त्री ओलीले छिमेकी देशहरुसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने बताए । उनले छिमेकी देशहरुसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने स्पष्ट पारे । एक देशको विरुद्ध अर्को देश लाग्नका लागि नेपाली भूमि प्रयोग गर्न नदिने उनले बताए । उनले नेपालले कुनै प्रकारको शैन्य पक्षधरता नलिने पनि स्पष्ट पारे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend