सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

अटो व्यवसायीको कुम्भमेला आजबाट सुरु, अटो शोमा ५५ ब्राण्डका गाडी राखिने

अटो व्यवसायीको कुम्भमेला आजबाट सुरु, अटो शोमा ५५ ब्राण्डका गाडी राखिने

काठमाडौं । आज मंगलबारदेखि गाडीको कुम्भमेला अटो शो २०२४ सुरु हुँदै छ । अटो शो राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुने भएको छ ।

अटो शोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । देशकै ठूलो प्रदर्शनीका लागि गाडी कम्पनीहरुले लाखौं खर्चेर प्रदर्शनीमा आउने दर्शकलाई तान्न स्टल बनाएका छन् ।

अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन् । अटो शो आगामी ६ दिनसम्म चल्ने बताइएको छ । अटो शोमा बजारमा उपलब्ध अधिकांश सवारी ब्रान्ड सहभागिता रहने भएको छ ।

यो पटकको अटो शोमा विद्युतीय गाडीको बर्चश्व देखिएको छ । गत वर्षको अटो शोमा पनि विद्युतीय गाडी बढी देखिएको थियो ।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बलियो उपस्थिती रहेको छ ।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुने भएका छन् ।

त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स लिमिटेडका साथै ७ वटा बैंकका स्टल रहने छन् । बैंकले समेत गाडी किन्न सस्तो ब्याजदर उपलब्ध गराउँदा इभी किन्नेको संख्या बढेको छ । अहिले गाडी किन्न बैंक तथा वित्तीय संस्थाहरुले ८० प्रतिशतसम्म ऋण दिएका छन्।

हिमालयन बैंक, नबिल बैंक ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र महालक्ष्मी विकास बैंकको सहभागिता रहने भएको छ ।

अटो क्षेत्रले नेपाल नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा ठुलो योगदान पुर्याउँदै आएको छ । सरकारलाई सबैभन्दा बढी राजस्व पनि अटो क्षेत्रबाट प्राप्त हुने गरेको छ । यसपालिको नाडा अटो शोले सुस्त रहेको अर्थतन्त्रलाई गति दिने विश्वास गरिएको छ ।

यो वर्षको मेला अवधिभर कुल ७० हजार दर्शकले प्रत्यक्षरुपमा अवलोकन गर्ने आयोजकको दाबी छ । गाडी बिक्रेताहरुले गाडीको स्टल राम्रो बनाउन ५० लाखसम्म खर्च गरेका छन् । अटो शोमा २० अर्बको कारोबार हुने अनुमान गरिएको छ ।

५५ वटा ब्रान्ड सहभागिता

प्रदर्शनीमा ठूला तथा साना गरि करिब ८७ वटा स्टल र ब्लक रहने भएका छन् । प्रदर्शनीमा प्रख्यात गाडीका साथै यसका लागि आवश्यक अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता हुने भएको छ ।

मेलामा चारपांग्रे २३, दुईपांग्रे १८ र हलुका सवारी साधनका १४ गरि ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिने भएका छन् । गाडी बिक्रेताबाहेक लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका स्टल पनि राखिनेछन । ६ वटा बैंक तथा वित्तीय संस्थाले पनि सहभागिता जनाउने नाडाले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend