काठमाडौं । आइएमई लाइफ इन्स्योस्योरेन्स कम्पनी लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुँयाल बाहिरिएका छन्।
चार वर्ष कार्यकाल पुरा भएपछि उनी आइएमई लाइफबाट बाहिरिएका हुन्। फुयाँल २०७७ भदौदेखि कम्पनीमा सिइओको जिम्मेवारीमा थिए। उनको कार्यकाल भदौ ६ गते सकिएको थियो ।
सिइओ पद रिक्त भएपछि कम्पनीको सञ्चालक समितिले दिनेश अमात्यलाई कामु सीइओको जिम्मेबारी दिएको छ ।