काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुन आज स्थिर रहँदै छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार सुन सोही मूल्य प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार किनबेच भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।