बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नाडा अटो शोमा इभीको रजगज, सार्वजनिक भए नयाँ गाडी (फोटोफिचर)

नाडा अटो शोमा इभीको रजगज, सार्वजनिक भए नयाँ गाडी (फोटोफिचर)

काठमाडोँ । गाडीको कुम्भमेला अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् ।उद्घाटन सत्रपछि पौडेलले भृकुटीमण्डपमा राखिएका नयाँ गाडीहरको पर्दा उठाएर सार्वजनिक गरेका थिए।

अटो शोमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे नयाँ सवारीसाधन राखिएका छन्। नाडामा चार पाङ्ग्रेतर्फ यसपटक इभी गाडीको वर्चश्व छ। सिलायोन सेभेन इभी र टाटाको पन्च इभी सार्वजनिक गरिएको छ ।

अटो शोमा करिब साढे १७ लाखदेखि करोड रुपैयाँ भन्दा माथिका गाडी राखिएका छन्। नाडा अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा ठूला तथा साना गरि १ सय २० वटा स्टल र ब्लक छन्। प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी र बाइक, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै स्वदेशी ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनी सहभागी छन्।

उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रलाई सरकारको पूर्ण संरक्षण रहने प्रतिबद्धता जनाए । अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीमा पुर्याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अटोमोबाइल क्षेत्रलाई विलासी वस्तुको रूपमा परिभाषा नगर्न आग्रह गरे। उनले भने, ‘यो आवश्यक वस्तु हो। यस आधारमा नीति निर्माण गरिएमा राजस्व र रोजगारीमा थप योगदान पुग्छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रको सुस्त गतिका कारण अटोमोबाइल क्षेत्रमा पनि समस्या परेको बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रमा लगाइने करको दर धेरै भएको भन्दै त्यसलाई घटाउनुपर्ने माग गरे।

व्यवसायीहरूले अटोमोबाइल उद्योगलाई आवश्यक वस्तुको रूपमा परिभाषा गर्दै नीति निर्माण गर्न आग्रह गरेका छन् । नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै भने ‘हामी निकै पारदर्शी छौं र यो क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्न सरकारसँग सहकार्य आवश्यक छ,’ ।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बलियो उपस्थिती रहेको छ ।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुने भएका छन् ।

त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स लिमिटेडका साथै ७ वटा बैंकका स्टल रहने छन् । बैंकले समेत गाडी किन्न सस्तो ब्याजदर उपलब्ध गराउँदा इभी किन्नेको संख्या बढेको छ । अहिले गाडी किन्न बैंक तथा वित्तीय संस्थाहरुले ८० प्रतिशतसम्म ऋण दिएका छन्।

हिमालयन बैंक, नबिल बैंक ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र महालक्ष्मी विकास बैंकको सहभागिता रहने भएको छ ।

यो वर्षको मेला अवधिभर कुल ७० हजार दर्शकले प्रत्यक्षरुपमा अवलोकन गर्ने आयोजकको दाबी छ । गाडी बिक्रेताहरुले गाडीको स्टल राम्रो बनाउन ५० लाखसम्म खर्च गरेका छन् । अटो शोमा २० अर्बको कारोबार हुने अनुमान गरिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend