logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक छ : मन्त्री अधिकारी

    नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक छ : मन्त्री अधिकारी

    168
    Shares
    नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक छ : मन्त्री अधिकारी

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा ‘नेपाली चियाका चुनौति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले चियाको पहिलो निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठूलो उत्पादक भएकाले नेपाली चियालाई उचित मूल्य नदिने गरेको बताए । उनले उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया विक्री गर्न चिया उद्योगी बाध्य हुने गुनासो आएको बताए ।

    नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक रहेको बताए । नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउनका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाए । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैतव तयार रहेको बताए । मन्त्री अधिकारीले नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै नभइ सम्पदा भएकाले सबैले माया र प्रवद्र्धन गर्न सक्नुपर्ने बताए ।

    उनले भने, ‘अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने हुन्छ । यसको लागि चियाको अक्शन विकल्प हुनसक्ने महशुस मैले गरेको छु । नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउनका लागि पहल गर्नेकुरा पनि म सार्वजनिक गर्न चाहन्छु । यस्ता कार्यक्रमले नेपाली नागरिकलाई उच्च गुणस्तरको चियाका बारेमा जागरुकता पैदा गर्नसक्छ ।

    स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नेछ । जसले बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्नेछ । निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैतव तयार रहनेछ । नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै होइन, यो हाम्रो सम्पदा हो । जसलाई हामीले माया र प्रवद्र्धन गर्नुपर्छ । नेपालको अर्थोडक्स चियालाई विश्वभर एक परिचित बनाउन सबै मिलेर अघि बढौँ ।’

    चिया नीति २०५७ को समय सापेक्ष संशोधन गर्दै चियाको ब्राण्डिङ र प्रमोसनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धा व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend