logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार जनताभन्दा माफियाहरुको सेवामा अग्रसर छः अध्यक्ष दाहाल

    सरकार जनताभन्दा माफियाहरुको सेवामा अग्रसर छः अध्यक्ष दाहाल

    413
    Shares
    सरकार जनताभन्दा माफियाहरुको सेवामा अग्रसर छः अध्यक्ष दाहाल

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाएका छन् ।

    करिव दुई महिनाको सरकारको कार्यकालले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पुर्याएको अध्यक्ष दाहालको भनाई थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उनले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको गम्भिर आरोप समेत लगाए ।

    सरकार जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले त्यसको खबरदारीका लागि संसदमा सम्बोधन गर्नुपरेको पनि अध्यक्ष दाहालको जिकिर थियो ।

    उनले भो, ‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर छ । त्यसैले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले आज म यहाँ खबरदारीका निम्ति उपस्थित भएको छु । जनताले यो सम्मानित सदनमाथि गरिरहेको विश्वास पनि कमजोर हुने हो कि ? त्यसैले मैले आज यो रोष्टममा उभिने निर्णय गरेँ ।

    अहिले नेपाली कांग्रेस र एमालेका साथीहरु आफू मात्रै मिल्नुभएको छैन । आफैलाई सिध्याउने भनिएका जातीय, क्षेत्रीय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर, कतै तर्साएर सिध्याउने कोशिस गर्दैछन् ।’

    अध्यक्ष दाहालले साना दलहरुलाई सिध्याउने कोशिस गरिरहेको आरोप पनि लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend