logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • नाडा अटो शोमा सीजी मोटर्सले गर्यो ४ नयाँ ब्राण्ड सार्वजनिक

    नाडा अटो शोमा सीजी मोटर्सले गर्यो ४ नयाँ ब्राण्ड सार्वजनिक

    574
    Shares
    नाडा अटो शोमा सीजी मोटर्सले गर्यो ४ नयाँ ब्राण्ड सार्वजनिक

    काठमाडौं । सीजी मोटर्सले नाडा अटो शो २०८१ लाई लक्षित गरेर नेपाली बजारमा ४ वटा नयाँ ब्रान्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहक आवश्यकतालाई लक्षित गर्दै सीजी मोटर्सले ४ विभिन्न नयाँ ब्रान्ड सार्वजनिक गरेको हो।

    मंगलबार नाडा अटो शोमा सार्वजनिक भएका नयाँ ४ गाडीमा अवतार, एक्सपेङ, रिद्दारा र हिरो छन्। योसँगै सीजीले विभिन्न १० ब्रान्डका गाडी नेपाली बजारमा बिक्री गर्नेछ। यसपालिको नाडा अटो शोमा नेटा, एक्सपेङ, अवतार, आयोन, रिद्दरा, सीजी केवाइसी, किङ लङ र हिरो गरी सीजी मोटर्सका ८ स्टल रहेका छन्।

    कम्पनीले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतारको अवतार११ मोडल नाडा अटो शोमार्फत सार्वजनिक भएको हो।

    अवतार विश्वप्रसिद्ध सवारीसाधन उत्पादक कम्पनी चाङगान, प्रविधमा अग्रणी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक क्याटलको साभफेदारीमा उत्पादित ब्रान्ड हो।

    कम्पनीका अनुसार अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचरिस्टिक एसयूभी हो भने सो गाडी फूल चार्जमा ६८० किमि कुद्ने क्षामताको रहेको कम्पनीको भनाइ छ।

    यो गाडीमा १९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर ११६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। ग्राहकहरुले‌ नाडा अटो शोको स्टल नम्बर एच १३ मार्फत थप जानकारी पाउन सक्ने कम्पनीले बताएको छ।

    कम्पनीले नाडा अटो शोको स्टल नम्बर जी१२ मा एक्सपेङ सार्वजनिक गरेको छ। यो गाडी जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने फूल चार्जमा ४३५ किलोमिटरको रेञ्ज दिने दाबी कम्पनीको छ।

    त्यसैगरी नाडा अटो शोमार्फत नै सार्वजनिक रिद्दरा ६३ किलोआवर ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको छ भने यसले ३७७ किलोमिटरको रेञ्ज दिने कम्पनीले जनाएको छ।

    नेटाको नयाँ मोडल नेटाएक्स नाडामार्फत सार्वजनिक गरिएको छ। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्जसहित नेटाएक्समा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिनेछ। यस्तै, नेटा एक्सलाई फुल चार्ज गर्न ९ घन्टा लाग्ने कम्पनीले बताएको छ।

    त्यसैगरी आयोनले नाडा लाई लक्षित गरी आयोन वाई, आयोन भी, हाइपर र हाइपर एचटी प्रदर्शनीमा राखिएको छ। यस्तै, हिरोमार्फत सीजी मोटर्सले दुई पांग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ।

    उक्त स्टलमा हिरो करिज्मा एक्सएमआर, एक्स-पल्स प्रो२०० फोरभी, एक्स-ट्रीमी १६० आरफोर, एक्स-ट्रीमी १२५आर र जुम१११० प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ।

    भदौ १६ सम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शो मंगलबार अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend