logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चालु आवको पहिलो महिनामै राजस्व संकलनमा कमी

    चालु आवको पहिलो महिनामै राजस्व संकलनमा कमी

    287
    Shares
    चालु आवको पहिलो महिनामै राजस्व संकलनमा कमी

    बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा चार करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगरपालिकाले सम्पत्ति करबाट एक करोड ४४ लाख ८५ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट एक करोड १८ लाख ७५ हजार रुपैयाँ, घरबहाल करबाट ५० लाख ६५ हजार रुपैयाँ संकलन भएको बताए ।

    उनका अनुसार सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार रुपैयाँ, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार रुपैयाँ, व्यवसाय करबाट ४१ लाख २१ हजार रुपैयाँ र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट पाँच लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा २५ लाख ६२ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले चार करोड ७५ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी संकलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए ।

    यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड सात लाख ६४ हजार छ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ ।

    उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट छ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट दुई करोड ४९ लाख ७४ हजार रुपैयाँ संकलन गरेको हो ।

    सिफारिस दस्तुरबाट तीन करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट एक करोड छ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट पाँच लाख ८६ हजार, ढुङ्गागिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत ८६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend