logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, कतिमा हुँदैछ कारोबार ?

    1.6K
    Shares
    सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला ८ सय रुपैयाँले बढ्दै फेरि सुनको मूल्यले नयाँ मूल्य ब्रेक गरेको छ ।

    आज सुनको मूल्य बढेर तोलामा १ लाख ५३ हजार एक सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको हो ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ भने जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

    यसैगरी चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँ कायम भएको थियो ।

    यसअघि सुनको मूल्य सबैभन्दा उच्च १ लाख ५३ हजार पुगेको थियो । सो रेकर्डलाई आजको मूल्यले ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा नयाँ रेकर्ड कायम भएको महासंघले जनाएको छ ।

    उनका अनुसार विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ ।

    यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend