logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अब ‘इ-क्याब नेपाल’ लुम्बिनी प्रदेशमा पनि

    अब ‘इ-क्याब नेपाल’ लुम्बिनी प्रदेशमा पनि

    518
    Shares
    अब ‘इ-क्याब नेपाल’ लुम्बिनी प्रदेशमा पनि

    काठमाडौं । अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ-क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इक्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो ।

    सुरुवाती चरणमा यी शहरमा आइतबारदेखि सुरू हुने सेवा बापत चालकहरूले कमिसन तिर्न नपर्ने मण्डलले बताए ।

    कम्पनीले विद्यार्थीहरूलाई लक्षित गरी ‘बाइक हाम्रो, आम्दानी तपाईंको’ सेवासमेत सञ्चालन गरिरहेको छ । यसअन्तर्गत कम्पनीले विद्यार्थीलाई बाइक उपलब्ध गराउने र आम्दानी बाँडफाँड गर्ने उनले बताए ।

    विभिन्न देशबाट नेपाल यात्रा गर्ने यात्रुहरूले अनलाइनमार्फत नै ‘स्यड्युल बुक’ गरेर एयरपोर्टमै प्राइभेट ट्याक्सी उपलब्ध गरिने सुविधा समेत इक्याबमा रहेको छ ।

    त्यस्तै इक्याब नेपालमार्फत काठमाडौं उपत्यकाभर पार्सल डेलिभरीको समेत सुविधा छ । पार्सल डेलिभरीका लागि कम्पनीले म्याड एड एजेन्सीसँग सहकार्य गरेको मण्डलले जानकारी दिए ।

    इक्याब नेपालमा हालसम्म १० हजार भन्दा बढी ट्याक्सीहरू आबद्ध भइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend