logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दाङको शान्तिनगरमा तीज विशेष नृत्य प्रतियोगिता हुने

    दाङको शान्तिनगरमा तीज विशेष नृत्य प्रतियोगिता हुने

    1.4K
    Shares
    दाङको शान्तिनगरमा तीज विशेष नृत्य प्रतियोगिता हुने

    दाङ । दाङको शान्तिनगर गाउँपालिका –२ मा तीज विशेष नृत्य प्रतियोगिता हुने भएको छ । नारीहरुको महान चाँड हरितालिका तीजको उपलक्ष्यमा नारी सहभागिता बढाउने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

    कार्यक्रम भदौ २१ गते शान्तिनगर गाउँपालिका वडा नं-२ को कार्यालय अगाडी शिव मन्दिर प्राङगणमा हुनेछ ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद ८ हजार रुपैयाँ, द्धितिय हुनेलाई नगद ४ हजार रुपैयाँ र तृतिय हुनेलाई नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

    प्रतियोगिताको आयोजना शान्तिगनर गाउँपालिका–२ का युवा परिवारले गरेका छन् भने संयोजन स्वास्थ्य आमा समुहले गरेको छ ।

    कार्यक्रम विशेषत नारीहरुलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रमका संयोजक बिशाल बिष्टले जानकारी दिए । नृत्य गर्ने गीत तीज वा दोहोरी भाकाको हुनुपर्ने आयोजकले जनएको छ । कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend