बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सभामुखद्वारा टिआरसी विधेयक प्रमाणित

सभामुखद्वारा टिआरसी विधेयक प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणित गरेका छन् । बुधबार सभामुख घिमिरेले उक्त विधेयक प्रमाणित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

अब सभामुखले राष्ट्रपतिसमक्ष यो विधेयक प्रमाणीकरणका लागि पठाउनेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयकले कानुनको रूप लिनेछ ।

यो विधेयक साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भइसकेको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend