logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारलाई रास्वपा सांसद श्रेष्ठको प्रश्नः राजदुत पद दलीय भर्ती केन्द्र हो ?

    सरकारलाई रास्वपा सांसद श्रेष्ठको प्रश्नः राजदुत पद दलीय भर्ती केन्द्र हो ?

    511
    Shares
    सरकारलाई रास्वपा सांसद श्रेष्ठको प्रश्नः राजदुत पद दलीय भर्ती केन्द्र हो ?

    काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न १७ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको सिफारिसप्रति आपत्ति जनाएका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा राजदुत पदलाई सरकारले दलहरुको भर्ती केन्द्रको रुपमा उपयोग गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

    सांसद श्रेष्ठले पदीय मर्यादालाई धान्न नसक्ने व्यक्तिलाई राजदुत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्तर्राष्ट्रिय रुपमा धमिल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए । उनले राजदुत नियुक्तिको विषय नेपालको छवि बिगार्ने अस्त्र बनाउने काम सरकारले गर्न नहुने बताए ।

    सांसद श्रेष्ठले भने, ‘के राजदुत पद राजनीतिक दलहरुको भर्ती केन्द्र हो ? राजदुत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ । र नेपालीहरुलाई समस्या परेको छ । सरकारले राजदुत नियुक्ति सम्बन्धि निर्देशिकाको समेत पालना गरेको छैन । यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ । देशको प्रतिनिधित्व गर्नुपर्ने राजदुत पदमा पदीय मर्यादा नै धान्न नसक्ने मान्छेको नियुक्तिले देशको छवि धमिल्याउन नदिन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद श्रेष्ठले राजदुत पद योग्यता र दक्षता भएको व्यक्तिलाई दिन उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend