logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता

    बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता

    245
    Shares
    बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता

    काठमाडौं । सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

    बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल र बेलायत सरकारबीच वर्षा र लैङ्गिक तथा मानव विकास अभिवृद्धि सम्बन्धि दुई वटा विषयमा अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    सहमति पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र बेलायतको तर्फबाट बेलायती दुतावासका विकास निर्देशक तथा उपराजदुत पीपा बिर्डले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    सम्झौताअनुसार वर्षा कार्यक्रमका लागि ३८.५ मिलियन अमेरिकी डलर नेपाली ६ अर्ब ५० करोडको रकमको रहेको छ । दोस्रो लैङ्गिक तथा मानव विकास अभिवृद्धि गर्नेका लागि ३८.८ मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ ६ अर्ब ५८ करोड) सहयोग गर्ने सम्झौता भएको छ ।

    यी कार्यक्रमहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा मानव पुँजी निर्माण र आधारभुत सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend