logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल वायुसेवा निगमका ३ वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान ठप्प, ८ सय यात्रुको बिचल्ली

    नेपाल वायुसेवा निगमका ३ वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान ठप्प, ८ सय यात्रुको बिचल्ली

    630
    Shares
    नेपाल वायुसेवा निगमका ३ वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान ठप्प, ८ सय यात्रुको बिचल्ली

    काठमाडौं । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चारवटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

    निगमको न्यारोबडी मंगलबार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरु रद्ध हुँदा यात्रुहरु प्रभावित बन्न पुगेका हुन् ।

    अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका ४ जहाजमध्ये ३ जहाज ‘ग्राउण्डेड’ भएका छन् । न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो ।

    न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरुलाई दिनभर र्याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रवन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

    उनले निगमले हङकङ उड्ने र आउने दुवैतर्फका यात्रुलाई निगमले अलपत्र नपारेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार होटलमा व्यवस्थापन गरिएको बताए । उनले अन्य विदेशी जहाजको टिकट काटेर यात्रुहरुलाई गन्तव्यमा पुर्याउने काम गरेको बताए ।

    उनले, ‘जहाज फेरि ग्राउण्डेड हुँदा केही समस्या परेको छ । तर यात्रुहरुलाई निगमले अलपत्र बनाउने काम गरेको छैन । जिम्मेवार अन्तर्राष्ट्रिय एयरलाइन्सको मूल्य मान्यता हुन्छ । यात्रुहरुलाई होटलमा बासको व्यवस्था गरी अन्य वायुसेवाबाट उडानको व्यवस्था गरी गन्तव्यमा पुर्याउने काम गरिरहेका छौं ।’

    प्रवक्ता पौडेललले अन्तर्राष्ट्रिय नियमअनुसार विदेशमा अलपत्र पर्ने यात्रुलाई पाँचतारे होटलमा राख्नैपर्ने व्यवस्थाअनुसार निगमले नियमअनुसार यात्रुहरुलाई होटलमा राखेको उल्लेख गरे । यसरी निगमले अन्तिम समयमा उडान रद्ध हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुहरुको व्यवस्थापन र टिकटमा मंगलवारको उडानबाट एक करोड रुपैयाँ गुमाउन पुगेको छ ।

    निगमका प्रवक्ता पौडेलकाअनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई–दुई वटा रहेका छन् । तर एउटा वाइडबडी विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ । प्रवक्ता पौडेलले अलपत्र नभई सम्पूर्ण जाँच सकेर अगस्ट महिनामा नेपालमा ल्याउने तयारी रहेको उल्लेख गरे । उनले अर्को वाइडबडी ‘सी–चेक’ कै लागि बुधवार बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिए ।

    यता आन्तरिक उडानमा रहेका निगममा दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको छ । आन्तरिक उडान गर्ने एउटा ‘ट्विनअटर’ जहाज लामो समयदेखि बिग्रिएर बसेको छ । निगमले अहिलेको जहाज ग्राउण्डेडको समस्या अल्पसमयको लागि भएको भन्दै निगमले छिटै जहाजको व्यवस्थापन गरी नियमित उडान गर्ने उनले उल्लेख गरे ।

    प्रवक्ता पौडेलले भने, ‘नेपाल वायुुसेवा निगमका दुई वटा वाइडबडी ३३०,दुई वटा २२० न्यारोबडी जहाज,दुई वटा ट्विनअटर जहाज सञ्चालनमा रहेको अवस्था हो । चार जहाज मध्ये नाइनएन एएल जेड जहाज आज दुबई हुँदै इटालीमा मर्मतको लागि जाँदैछ । निगमको एएलवाई जहाज इटलीमा नै मर्मत भइरहेको छ । उक्त जहाज अगस्टभित्र नै आउने गरी काम भइरहेको छ ।’

    निगमकाअनुसार न्यारोवडी जहाजमा देखिएको समस्या अल्पकालिन रहेको भन्दै एक/दुई दिनभित्र समाधान हुनेछ । निगमका प्रवक्ता पौडेलले अन्य अन्तर्राष्ट्रिय उडानहरुमा पनि जहाज ग्राउण्डेड हुने समस्या भएपनि धेरै जहाज हुँदा उडान प्रभावित नहुने गरेको बताए ।

    उनले धेरै जहाज भएका कम्पनीमा एक दुई वटा जहाजमा समस्या आउँदा कुनै समस्या पर्दैन तर वायुसेवा निगमसँग जहाजको कमीको कारण समस्या आएको बताए । उनले निगममा आएको समस्याको मुल जरो निगमसँग जहाज कमी भएको बताए । उनले धेरै जहाज भएको भए समस्या सतहमा आउने नहुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend