logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मन्त्रीहरु उपचार गर्न विदेश जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ : प्रेम सुवाल

    मन्त्रीहरु उपचार गर्न विदेश जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ : प्रेम सुवाल

    483
    Shares
    मन्त्रीहरु उपचार गर्न विदेश जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ : प्रेम सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउन आग्रह गरेका छन् ।आईतबार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    उनले नेपालको अस्पतालमा उपचार गर्दा घरखेत नै बेच्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवालाई सुलभ बनाउन पनि आग्रह गरे । उनले नेपालमा भएका अस्पतालको सेवा राम्रो नबनाउने र प्रधानमन्त्री, मन्त्रीहरु उपचार गराउन विदेश जाने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले जनताले उपचार गर्ने ठाउँमा नै नेताहरुले उपचार गर्नुपर्ने व्यवस्था गर्न माग गरे ।

    उनले भने, ‘अहिले नेपाली जनता घरखेत बेचेर रोगको उपचार गर्नुपर्छ । कतिले हामीलाई सुनाउँछन्, हाम्रो त घरजग्गै गयो, उपचार गर्दागर्दै । त्यसकारण यतातिर मन्त्रीज्युको ध्यान जान उपयुक्त हुन्छ । मन्त्री, प्रधानमन्त्री र सरकारको मुख्य ठाउँमा रहेका व्यक्ति उपचार गर्न विदेश जाने, जनताले उपचार गर्ने ठाउँमा हामी पनि उपचार गरौँ, यहीँ देशभित्रको उपचारलाई राम्रो बनाउँ ।

    यो विषय हामीले संसदमा पनि उठाएका छौँ । कोही पनि प्रधानमन्त्री, मन्त्री र सरकारका मुख्यमुख्य मान्छेहरु विदेश उपचार गर्न जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ । अस्पताल उपचारको लागि बनाऔँ । अंग असफल हुने, क्यान्सर रोग लाग्नै नदिन के गर्नुपर्छ, त्यसबारेमा पनि ध्यान दिऔँ ।’

    सांसद सुवालले आम नागरिकले खाने खानेकुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend