logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • बीमा रकमको सीमालाई बढाएर पाँच लाख पुर्याउँछौँ : मन्त्री पौडेल

    बीमा रकमको सीमालाई बढाएर पाँच लाख पुर्याउँछौँ : मन्त्री पौडेल

    546
    Shares
    बीमा रकमको सीमालाई बढाएर पाँच लाख पुर्याउँछौँ : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    उनले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए । उनले बीमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याइने बताए । स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याउने घोषणा गरेको बताए ।

    उनले सो घोषणालाई सरकारको नीति बनाउने बताए । उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट गर्नुपर्ने बताए ।

    उनले भने – ‘मेरो बिचारमा हामीले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै हो । आज हामीले जुन बीमा सेवा प्राप्त गरेका छौँ, त्यो व्यवस्थित छैन । त्यसबाट हामीले आवश्यक पर्ने सबै सुविधा सहज ढंगबाट, बीमाको सीमाबाट प्राप्त गर्न सकिने स्थिति छैन ।

    एक लाख बाट प्राप्त गर्न सकिरहेको स्थिति छैन । त्यसैले बीमाको सिमालाई बढाउने, पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । हामी यसलाई सरकारको नीति बनाउन चाहन्छौँ । स्रोत छैन । स्रोत नभएको कारणले एक लाख पनि व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुन सक्छ भनेर हामीलाई प्रश्न गरिरहनु भएको छ । हामीले स्रोत कसरी उपलब्ध हुन सक्छ भनेर पनि सँगसँगै प्रस्तुत गरेका छौँ ।

    छिरलिएर सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी छ । संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउने जुन खर्च गरेको छ । त्यसलाई छिरलिएर होइन, आ–आफ्नो ढंगबाट होइन । बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट खर्च गर्ने परिपाटीको विकास गर्नुपर्छ । एकद्वार प्रणालीबाट यसलाई दिने व्यवस्था गर्नुपर्छ ।

    त्यसैले सबैले स्वास्थ्य सुविधा अन्तर्गत स्वास्थ्य सेवा दिलाउने भनेर जुन आर्थिक सुविधा दिइरहनुभएको छ, त्यसलाई बीमामा एकीकृत ढंगबाट ल्याउँ र त्यसमार्फत् उपलब्ध गराउँ । राज्यले जुन स्वास्थ्य कर कोष लिएको छ, त्यसको ५० प्रतिशत भन्दा बढी हिस्सा बीमामा दिने व्यवस्था गरौँ । हामीले प्रयोग गरिरहेको चिनीजन्य उत्पादनमा आवश्यकताभन्दा बढी चिनीको मात्रा छ । आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा सुगर ट्याक्स लगाउने व्यवस्था गरौँ । त्यसबाट प्राप्त हुने सम्पूर्ण रकम बीमामा जम्मा गरौँ ।’

    उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बीमामा लगाउनुपर्ने बताए । उनले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै भएको भन्दै बीमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend