logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बागमती प्रदेश : घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन करमा कमी हुँदा राजस्व संकलन घट्यो

    बागमती प्रदेश : घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन करमा कमी हुँदा राजस्व संकलन घट्यो

    357
    Shares
    बागमती प्रदेश : घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन करमा कमी हुँदा राजस्व संकलन घट्यो

    बागमती । बागमती प्रदेश सरकारले संकलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा संकलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।

    घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलन को मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा ११ अर्ब ६० करोड ७६ लाख ५० हजार रुपैयाँ मात्र राजस्व संकलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार सो आवमा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट छ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत आव २०८०/८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व संकलन गरेको छ । उक्त शीर्षकमा सात अर्ब २५ करोड राजस्व संकलनको अनुमान गरेकामा छ अर्ब ११ करोड ५७ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख उपाध्यायले बताए ।

    यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत सात अर्ब ७९ करोड ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा छ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ संकलन भएको छभने अन्तःशुल्क करबापत तीन अर्ब ३४ करोड २३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा दुई अर्ब ३२ लाख १२ हजार रुपैयाँ मात्र प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

    त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत आठ अर्ब एक करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा  पाँच अर्ब ९३ करोड ८८ लाख रुपैयाँ मात्र प्राप्त भएको प्रमुख उपाध्यायले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend