logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • व्यवसायी दुर्गा प्रसाईंले पौने ३ अर्बमा विर्तामोडमा पाँचतारे होटल एट्रियम बनाउँदै, असारमा चलाउने तयारी

    व्यवसायी दुर्गा प्रसाईंले पौने ३ अर्बमा विर्तामोडमा पाँचतारे होटल एट्रियम बनाउँदै, असारमा चलाउने तयारी

    1.4K
    Shares
    व्यवसायी दुर्गा प्रसाईंले पौने ३ अर्बमा विर्तामोडमा पाँचतारे होटल एट्रियम बनाउँदै, असारमा चलाउने तयारी

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पौने २ अर्ब रुपैयाँ लगानीमा झापाको विर्तामोडमा पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेका छन् । निर्माणाधीन पाँचतारे होटल एट्रियम प्राइभेट लिमिटेड आउँदो २०८२ असारदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ ।

    ९६ कोठा र क्यासिनोसहित पाँचतारे डिलक्स होटलको अनुमानित लागत २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ रहको छ । कूल लागत मध्ये १ अर्ब ९९ करोड रुपैयाँ बैंकको लगानी र बाँकी ८५ करोड ३० लाख रुपैयाँ व्यवसायी प्रसाईंको स्वपुँजी (इक्विटी) लगानी रहेको छ ।

    ७० प्रतिशत होटलको ऋण र बाँकी ३० प्रतिशत प्रसाईंको स्वपुँजी लगानी हुने भएको छ । यसअघि होटल बनाउन १ अर्ब ७७ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । क्यासिनोलगायत अन्य पूर्वाधार बनाउँदा लागत थप भएको हो । होटल बनाउन बैंकले झण्डै २ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

    गत जेठसम्म ८६ प्रतिशत वित्तीय प्रगति भएको होटलले जनाएको छ । होटलले २ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    कूल ९६ कोठा भएको डिलक्स होटलमा स्वीमिङपूल, रेष्टुरेन्ट, क्यासिनो, बैक्वेट हल, स्पा र कन्फरेन्स हललगायत पूर्वाधार तयार हुने भएको छ । होटल झापाको केन्द्र विर्तामोडमा निर्माण भइरहेको छ ।

    होटल चन्द्रगढी एयरपोर्टबाट १२.९ र नेपाल–भारत सिमाना जोगवनीबाट ३० किलोमिटर दुरीमा छ । यस्तै इलामा चिया बगानबाट ५७ किलोमिटर दुरीमा छ ।

    होटलको गेस्टेसन पिरियड लामो हुने गरेको छ । पूर्वाधार बनाउन ४ वर्षसम्म लाग्ने गर्छ । सञ्चालनमा ल्याउन अर्को तीनदेखि चार वर्ष लाग्ने गरेको छ ।

    होटलका अध्यक्ष व्यवसायी दुर्गा प्रसाईं हुन् । उनले झापामा बिएन्डसी मेडिकल कलेज सञ्चालन गरिरहेका छन् । यस्तै दुर्गा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक पनि हुन् ।

    प्रसाईंले होटल सन् २०१६ मा स्थापना गरेका हुन् । होटल १६ हजार ८ सय ४३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend