बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आरजुले भनिन्- ‘म प्रधानमन्त्री बन्ने लाइनमा छैन’

आरजुले भनिन्- ‘म प्रधानमन्त्री बन्ने लाइनमा छैन’

धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छिन् ।

बिहीबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्री ज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’

उनले कांग्रेस पार्टीभित्र थुप्रै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आफू त्यसको लाइनमा नभएको बताइन् ।

त्यस्तै परराष्ट्रमन्त्री देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend