logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

    खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

    266
    Shares
    खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले विश्वका अन्य देशहरुले खेल क्षेत्रलाई उच्च महत्व दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताए । उनले खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रुपमा सहजता प्रदान गर्नुपर्ने बताए । उनले खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि बताए ।

    उनले भने, ‘विश्वका मुलुकहरुले खेलकुद क्षेत्रको विकास, ठूलो लगानी गरी उच्च प्राथमिकता दिँदै गर्दा नेपाल खेलकुद क्षेत्रमा अझै प्राथमिकता पाउन नसकेको यथार्थ छ । खेलकुदलाई कहिले पनि प्राथमिकता दिइरहेको छैन । त्यसैले खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यको तर्फबाट नीतिगत र व्यवहारगत रुपमा लाग्नुपर्छ ।

    खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन विभागीय मन्त्रीको हैसियतले मैले इमान्दारीतापूर्वक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । खेलाडी र उनीहरुका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरु कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिटै नै कार्यक्रम घोषणा गर्नेछौँ ।’

    मन्त्री चौधरीले खेलाडी र उनीहरुका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरु कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिटै नै कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend