बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बाँकेमा बस दुर्घटना, २७ जना घाइते

बाँकेमा बस दुर्घटना, २७ जना घाइते

दाङ । बाँकेमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन् भने घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको जानकी गाउँपालिका–६ कोठापुर भन्ने स्थानमा बिहान सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको हो । बस सडकमै पल्टिएको थियो ।

प्रहरीका अनुसार घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend