सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

चिनिया गाडीको दबदबा रहेको बेला राजदूत सोङ्ग पुगे ‘नाडा अटो शो’

चिनिया गाडीको दबदबा रहेको बेला राजदूत सोङ्ग पुगे ‘नाडा अटो शो’

काठमाडौं । गाडीको कुम्भमेला नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा जारी छ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग पुगेका छन् ।

चिनिया गाडीको दबदबा रहेको बेला चिनिया राजदूत सोङ्ग बिहिबार नाडा अटो शोमा पुगेका हुन् ।

यो पटकको अटो शोमा विद्युतीय गाडीको बर्चश्व देखिएको छ । गत वर्षको अटो शोमा पनि विद्युतीय गाडी बढी देखिएको थियो ।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बलियो उपस्थिती रहेको छ ।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुने भएका छन् ।

अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend