आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

नेकपा एमाले सचिवालय बैठक (तस्बिरहरु)

नेकपा एमाले सचिवालय बैठक (तस्बिरहरु)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक सुरू भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी छन् ।

आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

दिउसो १ बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिलो सुरू भएको छ ।

बिहीवार पार्टीको सचिवालय बैठक अघि अध्यक्ष ओलीले मदन भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरे ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा निर्माण गरिएको अर्धकदको प्रतिमाको अनावरण गरिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend