logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सुन तस्करीको सही ढंगबाट छानबिन भए माओवादीका शीर्ष नेताहरु कुनै पनि बाँकी रहँदैनन् : पदम गिरी

    सुन तस्करीको सही ढंगबाट छानबिन भए माओवादीका शीर्ष नेताहरु कुनै पनि बाँकी रहँदैनन् : पदम गिरी

    756
    Shares
    सुन तस्करीको सही ढंगबाट छानबिन भए माओवादीका शीर्ष नेताहरु कुनै पनि बाँकी रहँदैनन् : पदम गिरी

    काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालित पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र) का शिर्ष नेताहरु जोगाउने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले सही ढंगबाट छानबिन भएको भए माओवादीका शिर्ष तहका कुनैपनि नेता बाँकी नरहने बताए । उनले सुशासनको ठूला ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको बताए ।

    उनले गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन वक्यौता नउठाएको भन्दै प्रश्न गरे ।

    उनले भने, ‘नेकपा (माओवादी केन्द्र) तिर फर्किएर कुनै प्रश्न गर्न म आएको होइन । हिजोको सरकारतिर फर्किएर प्रश्न गर्न मन थिएन । तर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जुन प्रश्नहरु संसदमा तेर्साउनु भयो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौँ । म सुशासनको पक्षमा छु । म ट्रंक लाइन र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब वक्यौता उठाउने पक्षमा थिएँ ।

    अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोशिस गर्नुभयो । म उहाँलाई प्रश्न सोध्न चाहन्छु, तपाईंहरुले उर्जा मन्त्रालय सम्हालेको पछिल्लो ८ वर्ष भयो । निरन्तर ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म वक्यौता उठाउन चाहनु भएन । किन वक्यौता उठाउनेतिर लाग्नु भएन । उद्योगी, व्यापारीहरुले तिर्नुपर्ने बिल कति हो टिओडी मिटरअनुसार भन्नेकुरा आज पनि दिन सकेको छैन ।

    किन प्राधिकरणले दिन चाहँदैन । सुशासनको कुरा गर्नुभयो । ललितानिवासको जग्गालाई व्यक्तिका नाममा सुम्पने हर्कत गर्ने मानिसलाई कारबाहीको दायरामा ल्यायौँ भन्नुभयो । अनुसन्धानको दायरामा ल्याइ कारबाही अघि बढाउन भनेको थियो, सर्वोच्च अदालतले तर पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएर हामी अनुसन्धान गर्न सक्दैनौँ भनेको होइन ।

    जनताको आक्रोश थेग्न नसकेपछि घरघरमा सिआइबी पठाएर अनुसन्धान गर्न खोजेको जस्तो गरी उन्मुक्ति दिने काम गरेको हो की होइन ? त्यही हो सुशासनको पक्षमा उभिएको ? कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालामा इतिहास रच्ने काम भयो । सायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन भएको भए सायद तपाईंको पार्टीको हेड क्वार्टरमा कोही मानिस बाँकी रहँदैन थिए । यो म भन्नसक्छु ।’

    उनले आफूले ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता उठाउन नसक्ने अनि वर्तमान सरकारलाई हिलो छ्याप्ने काममा नलाग्न चेतावनी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend