काठमाडौं । नेकपा (एमाले) का सांसद देवीप्रकाश भट्टचनले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै उनले निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
भट्टचनले हिमालय एयरलाइन्सको उदाहरण दिदै भने “उनीहरुसँग पनि चार वटा जहाज छन् । त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा आएको छैन । हिमालयको जहाजमा सि चेकको समस्या सुनिन्न । हिमालय र नेपाल एयरलाइन्ससँग बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा किन पटक पटक समस्या आउछ ?”
निगम आर्थिक रुपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने बेला आएको हो कि नत्र हिमालय एयरलाइन्सलाई सञ्चालनको जिम्मा दिने होकी सोच्नुपर्ने बेला आएको बताए ।
भारत जस्तो ठुलो देशमा एयर इण्डिया सरकारले चलाउन नसकेर टाटा ग्रुपले सञ्चालन गरेको गरेको उदाहरण दिँदै सांसद भट्टचनले नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने धारणा उनले राखे । “नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने हो” उनले भने
“निगमले हवाई जहाज चलाउन नसकेको भन्ने लाग्छ । भारतमा पनि टाटा एयरलाइन्स चलाउन नक्दा एयर इन्डियाको रुपमा आयो । तर २०२२ पछि टाटा एयरलाइन्सकै व्यवस्थापनमा सुरु भइरहेको छ । सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा २०२२ मा १ सय ४७ वटा जहाज सहित एयर इन्डियाको जिम्मा लिएको उदाहरण छ । नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएको छ’’ साँसद भट्टचनले भने ।
सरकारले चलाउन नसक्ने भए प्रक्रियागत रुपमा निजी क्षेत्रलाई दिनुपर्ने बताए । निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएकाले प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउनु पर्ने बताए ।
चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न सकेको छैन । तर अन्य २० देशमा उडान गरिरहेको बताए कहिले कँही डिले भएको होला नत्र अरु समस्या छैन ।
“हामीले यसरी समितिमा घण्टौ छलफल गरेर हुनेवाला केही छैन । टाइम वेस्ट मात्र हो” उनले भने ।