logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नथिङ् बन्यो संसारकै ‘फास्टेस्ट ग्रोईङ’ स्मार्टफोन

    नथिङ् बन्यो संसारकै ‘फास्टेस्ट ग्रोईङ’ स्मार्टफोन

    1.1K
    Shares
    नथिङ् बन्यो संसारकै ‘फास्टेस्ट ग्रोईङ’ स्मार्टफोन

    काठमाडौं । युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङ्ले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ् फोन वान लन्च गरेको नथिङ्ले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको बार्षिक बृद्धि हाँसिल गर्न सफल भएको हो ।

    यो अप्रत्यासित बृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ् फोन टु ए को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङ्का संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए ।

    आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए । यो विश्व बजारको तत्कालिन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोश्रो संस्करण फोन टु प्रति उपभोक्ताको उस्तैउत्साहजनक प्रतिक्रिया रह्यो । जसले उत्साहित भएको नथिङ्ले उही डिजाईन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ् फोन टु ए विश्व बजारमा उतारेपछी ठूला स्मार्टफोन उत्पादकलाई नथिङ् ठूलो चुनौती बन्ने देखिएको हो । भारत जस्तो मूल्यमा ज्यादै संवेदनशिल बजारमा नथिङ् फोन टु ए एकैदिनमा एक लाख युनिट विक्री गरेर रेकर्ड कायम गर्न सफल भयो ।

    यता नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईलले नथिङ् नेपाली बजारमा दुई महिना अगाडी आधिकारीक रुपमा लन्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रत्यक्ष संलग्नतामा नथिङ् नेपाली बजारमा भित्रिएकोले यो ब्राण्ड प्रति चौधरी समूहको लगाव र सम्भाब्यता बोकेको ब्राण्ड भएको प्रष्टै देखिन्छ ।

    “अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भईसकेका छौं”, सिजी मोबाईलका महाप्रबन्धक विनय जोशी भन्छन्, “नथिङ् एकातर्फ प्रिमियम ब्राण्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामूखी छ । जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ । वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङ्का स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।”

    नथिङ्ले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत ७६९ प्रतिशतको बृद्धि हाँसिल गरेको हो । टाढैबाट डिजाईनमा अलग देखिने नथिङ्ले आफ्नो दोश्रो ब्राण्ड सिएमएफ सन् २०२३ मा लन्च गरेको थियो ।

    प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रर्तिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend