काठमाडौं । नेपाली कांग्रेसका नेता डा डिला संग्रौला पन्त प्रमुख रहेको पेशागत तथा वुद्धिजीवी विभागले पूर्णता पाएको छ।
बिहीबार सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम विभागमा बाकीं सदस्यहरू नाम मनोनयन गरेसंगै विभागले पूर्णता पाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागको प्रमुख डिला संग्रौला रहेकी छन् भने उनको सिफारिसमा सभापति देउवाले मनोनयन गरेका सदस्यहरूमा डा.लोकनाथ दुलाल (ललितपुर), डा. विष्णु बस्याल (पाल्पा), डा.तबस्सुम सिद्दिकी (बाँके), देवराज अवस्थी (कैलाली), मनबहादुर थापा (चितवन) रहेका छन् ।
त्यस्तै ई.दिलिपकुमार झा (सप्तरी), ई.मनोज घिमिरे (मोरङ), गणेश शाही (दैलेख), डम्बरबहादुर विक (पर्वत) र विजय सम्बाहाम्फे (तेह्रथुम) पनि सदस्यमा मनोनयन भएका छन् ।