काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको थियो । दिनेशराज दाहाल, दीपा पाण्डे बस्नेत र राजेश थापा सिफारिस भएका थिए । अन्तमा डिसीले बाजी मारे ।
यसअघि कलाकार भुवन केसीको पदावधी सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।