काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवको मासिक तलब २ हजार डलर पुर्याउने निर्णय गरेको छ । एन्फा केन्द्रीय कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जसको नेपाली रकम करिब २ लाख ६९ हजार हुनेछ । यसअघि महासचिवको मासिक तलब १ लाख ५० हजार थियो ।
एन्फा प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तीमा विभिन्न १३ बुँदामा निर्णय सार्वजनिक गरिएको छ । जसमा राष्ट्रिय टिमका खेलाडीहरुको मासिक भत्तामा पनि वृद्धि गरिएको छ ।
यसअघि मासिक १८ हजार रुपैयाँ पाउँदै आएका खेलाडीको मासिक भत्ता ३० हजार पुर्याइएको छ । यस्तै फिफा रेफ्रीहरुलाई मासिक २० हजार दिने निर्णय भएको छ ।
एन्फा बैठकका निर्णयहरु :