logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिन्छ : अध्यक्ष नेपाल

    चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिन्छ : अध्यक्ष नेपाल

    203
    Shares
    चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिन्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुर्व्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले लागुपदार्थ दुर्व्यसनी र दुर्व्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताए । उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए । उनले उनले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गरे ।

    उनले भने, ‘दुर्व्यसनीबिरुद्धको अभियान जुन छ, यो अझै प्रभावकारी रुपमा अघि बढाउनुपर्छ । लागुपदार्थ दुर्व्यसनी र दुर्व्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको छ । यसलाई कुनै रुपमा समाप्त पार्नुपर्छ । नसकिने कुरा केही पनि छैन । यो सानो देश हो, तीन करोड जनसंख्या छ । यदी प्रत्येक व्यक्तिहरु आफ्नो ठाउँमा इमान्दार भए भने बद्मासलाई तह लगाउन सकिन्छ ।

    तिनीहरुलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरु नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरु हुन् । त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभुति दिने काम गर्नु हुँदैन । दुर्व्यसनीमा फसेकालाई सुधार्ने कोशिस गर्नुपर्छ ।’

    अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend