logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ३४ खर्ब ५४ अर्ब डलरसहित एप्पल बन्यो संसारकै मूल्यवान कम्पनी, कुनको मूल्य कति ?

    ३४ खर्ब ५४ अर्ब डलरसहित एप्पल बन्यो संसारकै मूल्यवान कम्पनी, कुनको मूल्य कति ?

    1.7K
    Shares
    ३४ खर्ब ५४ अर्ब डलरसहित एप्पल बन्यो संसारकै मूल्यवान कम्पनी, कुनको मूल्य कति ?

    एजेन्सी । अमेरिकाको एप्पल इंक पुनः विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढेर ३४ खर्ब ५४ अर्ब डलर पुगेको छ । स्टिभ जब्सले स्थापना गरेको एप्पले अहिले आइफोनलगायत अन्य ग्याजेट उत्पादन गरिरहेको छ । उसको उत्पादन विश्व बजारमा लोकप्रिय छ ।

    दोस्रो मूल्यवान कम्पनी नभिदा कर्पोरेशन भएको छ । नभिदा अमेरिकाको प्रविधि कम्पनी हो । यसको बजार पुँजीकरण बढेर ३१ खर्ब ११ अर्ब डलर पुगेको छ ।

    तेस्रोमा माइक्रोसफ्ट कर्पोरेशन भएको छ । विल गेट्सले स्थापना गरेको माइक्रोसफ्टको बजार पुँजीकरण ३० खर्ब ७३ अर्ब डलर पुगेको छ । विल विश्वको सातौं धनी व्यक्ति हुन् । उनको कूल सम्पत्ति १ खर्ब ३७ अर्ब २० करोड डलर छ ।

    चौथो नम्बरमा अमेरिकाको प्रविधि कम्पनी अल्फाबेट इंक भएको छ । अल्फाबेटको बजार पुँजीकरण २० खर्ब ५५ अर्ब डलर पुगेको छ । जेफ बेजोसको अमेजन इंक विश्वको पाँचौं मूल्यमान कम्पनी भएको छ ।

    अमेजनको बजार पुँजीकरण १८ खर्ब ४२ अर्ब डलर छ । बेजोस १ खर्ब ९७ अर्ब डलरसहित विश्वको दोस्रो धनी भएको फोब्र्सले जनाएको छ ।

    छैठौं स्थानमा साउदी आरम्को तेल रिफाइनरी कम्पनी रहेको छ । साउदी आरम्कोको बजार पुँजीकरण १८ खर्ब ३ अर्ब डलर रहेको छ ।

    सातौ स्थानमा अमेरिकाको प्रविधिक कम्पनी फेसबुकको माउ कम्पनी मेटा रहेको छ । मेटाको बजार पुँजीकरण १३ खर्ब १८ अर्ब डलर छ । मेटाका सहसंस्थापक मार्क जुकबर्ग हुन् । १ खर्ब ८० अर्ब ५० करोड डलरसहित जुकबर्ग विश्वको चौथो धनी व्यक्ति हुन् ।

    आठौं स्थानमा विश्वकै सेयर गुरु वारेन्ट बफेटको ब्रेकसायर हाथवे कम्पनी रहेको छ । ब्रेकसायरको बजार पुँजीकरण बढेर ९ खर्ब ८० अर्ब डलर छ । बफेटको सम्पत्ति १ खर्ब ४९ अर्ब ९० करोड डलर छ । उनी विश्वको छैठौं धनी हुन् ।

    नवौं स्थानमा ताइवानको सेमिकन्डक्टर निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेड रहेको छ । यसको बजार पुँजीकरण ८ खर्ब ७७ अर्ब डलर पुगेको छ ।

    १० औं स्थानमा अमेरिकाको हेल्थकेयर कम्पनी इली लिल्ली छ । इलीको बजार पुँजीकरण बढेर ८ खर्ब ५६ अर्ब डलर पुगेको छ । विश्वको सबैभन्दा धनी अमेरिकाका इलोन मस्कको विद्युतीय गाडी उत्पादक टेस्ला इंक बजार पुँजीकरणका आधारमा १२ औं मूल्यवान कम्पनी भएको छ ।

    टेस्लाको बजार पुँजीकरण ६ खर्ब ८१ अर्ब डलर पुगेको छ । टेस्लाको बजार पुँजीकरणका आधारमा १२ औं मूल्यवान कम्पनी भए पनि मस्कको कूल सम्पत्ति २ खर्ब ४३ अर्ब ७० करोड डलर रहेको छ । उनको टेस्लाका साथै सामाजिक सञ्जाल एक्स (ट्विटर) र एपेश एक्स कम्पनी छन् ।

    विश्वको सबैभन्दा ठूलो सुपरमार्केट अमेरिकाको वालमार्टको बजार पुँजीकरण ६ खर्ब १२ अर्ब डलर छ ।

    दक्षिण कोरियाको सामसङ २४ औं स्थानमा छ । सामसङको बजार पुँजीकरण ३ खर्ब ८८ अर्ब डलर छ । विश्वका तेस्रा धनी फ्रान्सका ब्रेनाड अर्नल्ट र परिवारको एलभिएमएच बजार पुँजीकरणमा २६ औं स्थानमा छ । एलभिएमएचको बजार पुँजीकरण ३ खर्ब ८१ अर्ब डलर पुगेको छ ।

    ब्रेनार्ड र परिवारको कूल सम्पत्ति १ खर्ब ८९ अर्ब ७० करोड डलर रहेको फोब्र्सले जनाएको छ । कोकाकोला कम्पनी ३ खर्ब ५ अर्ब डलर बजार पुँजीकरणसहित ३१ औं स्थानमा छ ।

    विश्वका १२ औं धनी भारतका मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेड बजार पुँजीकरणका आधारमा ४५ औं स्थानमा छ । रिलायन्सको बजार पुँजीकरण २ खर्ब ४४ अर्ब डलर छ । मुकेश भारतको सर्बाधिक धनी थिए ।

    गौतम अदानीले मुकेशलाई पछि पारेका छन् । उनी भारतको दोस्रो धनी भएका छन् । उनको कूल सम्पत्ति १ खर्ब १६ अर्ब ४० करोड डलर छ । उनको जियो टेलिकम, रिलायन्स रिटेललगायत कम्पनी छन् ।

    टोयटा गाडी उत्पादक जापानको टोयटा कम्पनीको बजार पुँजीकरण २ खर्ब ४३ अर्ब डलरसहित ४६ औं स्थानमा छ । १० मूल्यवान कम्पनीहरु मध्ये ८ अमेरिकी रहेको छ । बजार पुँजीकरणका आधारमा सबैभन्दा बढी मूल्य हुनेमा प्रविधि कम्पनी रहेका छन् ।

    बजार पुँजीकरण सेयर बजारद्वारा निर्धारित कम्पनीको मूल्यको मापन हो । कम्पनीको वर्तमान स्टक मूल्य गुणा गरेर गणना गरिन्छ । कुल मिलाएर, विश्वका शीर्ष ५० कम्पनीहरूले बजार क्यापमा ३४ खर्ब (३४ ट्रिलियन) डलर प्रतिनिधित्व गर्दछ ।

    टेकको प्रभुत्व धेरै हदसम्म अमेरिकाको एप्पल र एनभिडिया जस्ता ट्रिलियन डलर कम्पनीहरूको कारण हो । यद्यपि अन्य देशहरू पनि यहाँ प्रतिनिधित्व छन्। यसमा ताइवानको टिएसएमसी कमपनी समावेश छ । चीनको सबैभन्दा मूल्यवान कम्पनी टेसेन्ट रहेको छ ।

    टेसेन्टको बजार पुँजीकरण ४ खर्ब ५० अर्ब डजर छ । २०२१ मा टेसेन्टको बजार पुँजीकरण ९ खर्ब १६ अर्ब डलर थियो । चीन सरकारको दमनका कारण चीनमा अर्बपतिको संख्या २५ प्रतिशत घटेको छ । भारतमा २९ प्रतिशत बढेर ३ सय ३४ जना अर्बपति पुगेका छन् ।

    बर्कशायर ह्याथवे १० खर्ब नजिक

    सेयर वादशाह वारेन बफेटको बर्कशायर ह्याथवे हो । जुन सबैभन्दा १० खर्ब डलरको क्लबमा प्रवेश गर्ने तयारीमा छ । पछिल्लो पाँच वर्षमा कम्पनीको सेयर मूल्य १ सय ३० प्रतिशत बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend