logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

    राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

    182
    Shares
    राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

    काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौँ वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ ।

    प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४औँ बैठकले आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ ।

    बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो ।

    बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारेमा छलफल भएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, कायममुकायम प्रधानसेनापति र रक्षासचिव सहभागी थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend