logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ब्राजिलको साओपाओलोमा अलपत्र नेपालीलगायतको अवस्था के छ ?

    ब्राजिलको साओपाओलोमा अलपत्र नेपालीलगायतको अवस्था के छ ?

    532
    Shares
    ब्राजिलको साओपाओलोमा अलपत्र नेपालीलगायतको अवस्था के छ ?

    एजेन्सी । ब्राजिल सरकारले उत्तर अमेरिका छिर्ने उद्देश्यसहित आफ्नो मुलुक प्रवेश गर्ने नेपाल, भारत र भियतनामका नागरिकहरुको संख्या ठूलो रहेको बताएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत र भियतनामका नेपालीहरू शरणको खोजीमा बसिरहेका भन्ने विवरणमाझ ब्राजिलका एकजना सङ्घीय अभियोजनकर्ताले यस्तो बताएका हुन् ।

    ब्राजिलिको साओ पाउलो विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब ७०० यात्रुहरू रोकिएको भन्ने खबर प्रकाशित भएको थियो ।

    जसमध्ये १७६ जना नेपालीहरू रहेको बताइएको छ । तर ब्राजिलको प्रहरीले बिहीबारसम्म ३३१ जना विमानस्थलमा नियन्त्रणमा रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    शरण आवेदन प्रक्रियाका लागि विमानस्थलमै रहेका ती मानिसहरूको भुँईमा बसिरहेको र उनीहरूका लागि सुत्ने ठाउँ पनि नरहेको बताइएको छ । “तर पनि उनीहरूले न्यूनतम सहयोग ( जस्तै खानेकुरा र नुहाउने सुविधा पाइरहेका छन्।” रोयटर्सले जनाएको छ ।

    अलपत्र परेका नेपालीलगायत भारतीय भियतनामी ब्राजिल प्रवेशको तयारीमा थिए । भिसा नभएपछि उनीहरु अलपत्र परेको बताइएको छ । अमेरिका र क्यानाडा पलायन हुन ब्राजिललाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि त्यहाँका सुरक्षा निकायले कडाइ गर्न थालेका छन् ।

    ब्राजिलस्थित नेपाली राजदूतावासले भने कति जना नेपाली रहेको भनेर बुझ्ने प्रयास भैरहेको जनाएको छ ।

    आफूहरू ब्राजिलका अधिकारीहरूको सम्पर्कमा रहेको उल्लेख गर्दै राजदूतावासले केही नयाँ विवरण प्राप्त भए सार्वजनिक गर्ने जनाएको छ

    ब्राजिलले सोमवारबाट नयाँ अध्यागमन नीति कार्यान्वयनमा ल्याएको थियो। जसअन्तर्गत ‘नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने’ रहेको ब्राजिलियास्थित नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ।

    नेपालीहरूको उक्त समूह नयाँ नियम कार्यान्वयन हुनुअघि नै साओ पाउलो विमानस्थलमा पुगेका थिए।

    जसले गर्दा ब्राजिलिअन प्रणाली अन्तर्गत दर्ता भएको खण्डमा उनीहरूले उक्त देशमा प्रवेश गर्न पाउनेछन्।

    ब्राजिलको प्रहरीले नयाँ नियम कार्यान्वयनमा आएपछि गएको सोमबारयता शरण खोज्दै विमानस्थल पुग्नेको सङ्ख्या ‘उल्लेख्य रूपमा घटेको’ जनाएको छ।

    यो पनि : 

    अमेरिका जान ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशल

    अमेरिका जान लागेका नेपालीलगायत ६६६ नागरिक ब्राजिलको साओपाओलोमा अलपत्र


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend