काठमाडौं । एनएमबी बैंकले अभिमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने भएको छ ।
बैंकको शुक्रबार बसेको ४ सय ७३ औं सञ्चालक समिति बैठकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य भएको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।
नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि निष्कासनको प्रक्रिया अघि बढाउने जानकारी बैँकले दिएको छ । अग्राधिकार सेयरको लाभाश दर ८.२५ प्रतिशत तोकिएको छ ।
अग्राधिकार सेयर जारी भएपछि बैंकको पुँजी बढ्ने र पुँजी कोषमा सुधार आई लगानी क्षमता बढ्ने भएको छ ।