logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बीआरआई परियोजनामा सरकारको निर्णय कार्यान्वयन गर्छु : प्रस्तावित राजदुत ओली

    बीआरआई परियोजनामा सरकारको निर्णय कार्यान्वयन गर्छु : प्रस्तावित राजदुत ओली

    266
    Shares
    बीआरआई परियोजनामा सरकारको निर्णय कार्यान्वयन गर्छु : प्रस्तावित राजदुत ओली

    काठमाडौं । चीनका लागि प्रस्तावित राजदुत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

    सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदुतको रुपमा आफ्नो भुमिका हुने उनको कार्ययोजना थियो ।

    आईतबार संसदीय सुनुवाईको क्रममा प्रस्तावित राजदुत ओलीले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखे । उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

    चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तापवित राजदुत ओलीले उनीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए । तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदुत हुनेबित्तिकै पहल गर्ने पनि प्रश्तावित राजदुत ओलीको भनाई थियो ।

    उनले भने, ‘अब बीआरआईमा हामी कसरी जाने भनेर नेपाल सरकारको जुन निर्णय हुन्छ । त्यही अनुसार राजदुतले अघि बढ्ने हो । त्यसकारणले गर्दा हामीले ट्रान्स हिमालयन कनेक्टिभिटीको तर्फबाट बीआरआईमा नगएर ट्रान्स हिमालयन कनेक्टिभिटीलाई टेकेर पनि हामो कनेक्टिभिटी बढाउन सक्छौं । त्यसमा पहल गर्ने । त्यो एउटा भयो ।

    चीनमा २१ प्रतिशत बुद्धिस्टहरु रहेका छन् । अब ती पर्यटकहरुलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरु छन् । त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु । अब भन्सार संचालन गर्ने अर्को महत्वपूर्ण कुरा छ । तातोपानी भन्सार नियमित रुपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु ।’

    राजदुत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरुले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend