बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा अन्तरक्रिया

मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा अन्तरक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानको संयुक्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

आइतबार गरिएको उक्त कार्यक्रममा इमानकका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन मन्तव्य दिएका थिए ।

मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रीत रहेर नाडाका अध्यक्ष करण चौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए ।

राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सवैक्षेत्रलाई समेटने बताए । यसले सुस्ताएको अटोमोवाइल व्यवसाय पुनः फष्टाउने आशा राखेको उनले बताए ।

त्यसैगरी सो अन्तरक्रिमा बैंक तथा वित्तिय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल विमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयका सम्बन्धमा आ–आफनो धारणा राखेका थिए ।

नाडा अटो शोको अन्तिम दिनमा सो कार्यक्रम गरिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend