logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल

    आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल

    392
    Shares
    आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन् ।

    आईतबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रीय महिला विभागद्वारा आयोजित सामाजिक रुपान्तरणका लागि तीज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताए । उनले अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताए । उनले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको बताए ।

    उनले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताए । उनले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताए । चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने बताए । उनले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरितको कार्य भएको बताए ।

    उनले भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरु नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताए ।

    उनले भने, ‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाईको मुख्य श्रोत बनेको छ मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने ।

    भन्दाखेरि हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा हो की होइन ? भन्दा, होइन । यसले हाम्रो देशलाई कमजोर बनाइरहेको छ । खोक्रो बनाइरहेको छ । त्यसअर्थमा देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।

    हाम्रो पूजा कोठामा प्रयोग गर्ने सामानहरु भारत, चीनबाट ल्याएको सामान प्रयोग गर्नेकुरा संस्कृति विपरित कार्य हो भन्ने बुझाउन सकियो भने राम्रो हो । हाम्रै उत्पादन चढाउने, भगवानलाई । हाम्रो चाडपर्वहरुको मक्सद आफूले गरेका उत्पादनहरुको पहिलो भोग भगवानलाई दिने भनेको हो । संस्कृतिको आधार त्यो हो ।’

    महासचिव पोखरेलले सही विचार संप्रेषण गर्नसके समाज रुपान्तरण हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend