logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधार देखिँदै छ : डेपुटी गभर्नर मिश्र

    मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधार देखिँदै छ : डेपुटी गभर्नर मिश्र

    679
    Shares
    मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधार देखिँदै छ : डेपुटी गभर्नर मिश्र

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन् ।

    ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)ले आज आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रियामा उनले मौद्रिक नीतिको कार्यदिशा सजकतापूर्वक लचिलो बनाइएको र नियामक व्यवस्थामा सुधार भएकाले अर्थतन्त्र विस्तारै चलायमान बन्दै गइरहेको उल्लेख गरे ।

    “बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएका छन्”, डेपुटी गभर्नर मिश्रले भने । पुँजीबजारमा देखिएको वृद्धि पनि मौद्रिक नीतिकै कारण भएको उनको भनाइ थियो ।

    डेपुटी गभर्नर मिश्रले राजस्व कम भए पनि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीतिगत सम्बोधनको प्रयास गरिरहेको बताए । उनले नेपालमा एसेम्बल भएका सवारीसाधनलाई प्रोत्साहित गर्दै थोरै मात्रै भए पनि छुट सुविधा दिन सकिए स्वदेशी उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिनेमा विश्वास व्यक्त गरे ।

    कार्यक्रममा बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंक तथा वित्तीय क्षेत्रले विद्युतीय सवारीसाधनको प्रवद्र्धन र पर्यावरणमैत्री बनाउन सहकार्य जारी राख्ने धारणा राखे ।

    बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष उपेन्द्र पौडेलले अटोमोबाइल व्यवसायलाई उत्पादनशील बनाइनुपर्नेमा जोड दिए । स्वदेशी ऊर्जाको खपत र पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरिनुपर्ने उनको भनाइ थियो ।

    नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले विद्युतीय सवारीसाधनको प्रोत्साहनका लागि उपभोक्ताको मागअनुसार चार्जिङ सेन्टर पनि विस्तार गर्दै लगिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend