logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अफगानिस्तानको जेलमा १५० विदेशी नागरिक

    अफगानिस्तानको जेलमा १५० विदेशी नागरिक

    175
    Shares
    अफगानिस्तानको जेलमा १५० विदेशी नागरिक

    एजेन्सी । अफगानिस्तानको कारागारमा झण्डै १५० विदेशी नागरिकलाई बन्दी बनाइएको त्यहाँका कारागार प्रशासनका एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।

    “हाल अफगानिस्तानको जेलमा करिब १५० विदेशी नागरिक ठगी र जालसाजी लगायतका विभिन्न अपराधका मुद्दामा थुनिएका छन् । उनीहरू छिमेकीलगायत विभिन्न देशका हुन्,” प्रशासनका कार्यवाहक प्रमुख मौलवी मोहम्मद युसुफ मुस्तारीले भने, “हाल आठ हजारदेखि नौ हजारसम्म अफगानी नागरिक विदेशको जेलमा कैद छन् । तीमध्ये अधिकांश इरानमा रहेका छन् ।”

    ती अधिकारीका अनुसार अफगान नागरिकहरू इरान, पाकिस्तान, ताजकिस्तान, उज्वेकिस्तानलगायत देशको जेलमा कैद छन् ।

    अफगानिस्तानको जेलमा हाल एक हजार महिलासहित झण्डै ११ हजार नागरिक बन्दी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend