logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

    विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

    189
    Shares
    विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

    काठमाडौं । विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानून समितिमा दफावार छलफल सकिएको छ ।

    सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला सुवेदीले बताइन् ।

    उनले विधेयकको सम्बन्धमा दफावार छलफल सकिएको र दफावार छलफलका आधारमा समिति सचिवालयले कानून मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिइन् ।

    समितिको अब बस्ने बैठकमा मस्यौदा प्रस्तुत गरी छलफल हुने र समितिले पारित गर्ने पनि बताइन् ।

    समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानून बनाउने कुरालाई व्यवस्थित गर्ने बताए ।

    उनले विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने बताए ।

    उनले भने, ‘संशोधनको प्रक्रिया सर्वसम्मत रुपमा अघि बढेको अवस्था छ । यसले विधायन सम्बन्धी कानून बनाउने कुरालाई प्रवन्धन गर्नेकुरा व्यवस्थित गर्नेछ । यस विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने काम गर्दछ ।’

    दफावार छलफलका क्रममा सांसदहरुले सशक्त रुपमा छलफल गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend