logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छु : इजरायलका लागि प्रस्तावित राजदुत पण्डित

    नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छु : इजरायलका लागि प्रस्तावित राजदुत पण्डित

    455
    Shares
    नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छु : इजरायलका लागि प्रस्तावित राजदुत पण्डित

    काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।

    सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । प्रस्तावित राजदुत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उनको भनाई थियो ।

    प्रस्तावित राजदुत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताए ।

    उनले भने, ‘मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तिमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछौँ ।

    इजरायलीहरुले नेपालीहरुको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु । सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठूलो काम हुनेछ । त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु ।’

    प्रस्तावित राजदुत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend