logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालमै पोर्चुगलको भिसा सेन्टर उपलब्ध गराउन पहल गर्छु : प्रस्तावित राजदुत पौडेल

    नेपालमै पोर्चुगलको भिसा सेन्टर उपलब्ध गराउन पहल गर्छु : प्रस्तावित राजदुत पौडेल

    469
    Shares
    नेपालमै पोर्चुगलको भिसा सेन्टर उपलब्ध गराउन पहल गर्छु : प्रस्तावित राजदुत पौडेल

    काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित राजदुत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

    हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदुत भएर गए पहल गर्ने उनको प्रतिवद्धता थियो ।

    सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताए ।

    राजदुत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उनले अन्य देशहरुमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताए ।

    उनले भने, ‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं । त्यहाँ रहेका नेपालीहरुको डाटा कलेक्सनको काममा पनि लाग्नेछु । दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ । व्यापार घाटा कम गराउने काम पनि गर्नेछु । राजदुत भनेको मार्केटिङ म्यानेजर हो ।’

    प्रस्तावित राजदुत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend