काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गरेका छन् ।
यसैगरी उनले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन (लामा), विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, धुव्र पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित भएका हुन् ।
यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।