logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा

    प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा

    343
    Shares
    प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा

    नयाँदिल्ली, सिन्ह्वा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको यो पहिलो ब्रुनाईं भ्रमण हुनेछ ।

    दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको स्रोतले जनाएको छ ।

    भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४–५ मा सिङ्गापुर भ्रमण गर्नुहुने स्रोतले जनाएको छ ।

    प्रस्थान वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोहोरो भ्रमणको उदेश्य दुई देशसँग भारतको सम्बन्धलाई अझ मझभुत र प्रगाड बनाउनेमा केन्द्रित रहेको जनाए ।

    यसै गरी भारत–बुर्नाइ दारुस्सलाम कूटनीतिक सम्बन्धको गौरवशाली ४० वर्ष पूरा गरेको अवसरमा महामहिम सुल्तान हाजी हसनल बोल्कियालाई भेट्न उत्सुक रहेको प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत जनाएका छन् ।

    भ्रमणको दास्रो चरणमा सिङ्गाापुरमा राष्ट्रपति थर्मन सन्मुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सिएन लुङ र वरिष्ठ मन्त्री गोह चोक टोङसँग वार्ता गर्ने उनले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend