logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राजदुतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले मागिन् माफी

    राजदुतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले मागिन् माफी

    532
    Shares
    राजदुतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले मागिन् माफी

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छन् ।

    मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राजदुत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन् ।

    राजदुत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएकोमा आफूले माफी माग्न चाहेको परराष्ट्रमन्त्री देउवाको भनाई थियो ।

    उनले एउटा राजदुत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताइन् । सरकारले दलित र मुस्लिम समुदायलाई राजदुतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रस्तावित उम्मेदवारको रुपमा कोहीले पनि दाबी नगरेको पनि परराष्ट्रमन्त्री देउवाले संसदीय समितिलाई जानकारी दिइन् ।

    उनले सरकारले प्रस्ताव गरेका १७ देशका राजदुत राम्रो रहेको र उनीहरुले देशको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास समेत व्यक्त गरिन् ।

    परराष्ट्रमन्त्री राणाले भनिन्, ‘राजदुत सिफारिसको बारेमा म पनि यो एकनलेज गर्छु कि जति हुनुपर्ने समावेशी, त्यो भएको छैन । र हामी यसलाई कसरी गर्ने भनेर मधेसको नै कोही अझ एउटा ठाउँ खोली छ । त्यसमा हामी ल्याउन ट्राई गरिराखेका छौं ।

    र दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तीहरुमा दलित प्लस मुस्लिम यो दुई वटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी । तर जति जनाको पनि सिफारिस भएको छ । यो राम्रैसँग हेरेर नै सिफारिस भएको जस्तो मलाई लागेको छ ।

    परराष्ट्रमन्त्री राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कुटनीतिक नियोग तथा नियोग प्रमुखहरुलाई परिचालन गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको पनि बताइन् ।

    उनले संविधानको मर्म र राजदुत नियुक्तिको सम्बन्धि निर्देशिकालाई मुल आधार बनाई राजदुतहरुको नियुक्तिको लागि थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्य सम्पादनमा आधारित बनाउन सरकार अधिकतम प्रयासरत रहेको समेत बताइन् ।

    परराष्ट्रमन्त्री देउवाले भनिन्, ‘नेपाल सरकारले मुख्यतः राष्ट्रको हितको संरक्षण र प्रवद्र्धनको लागि नेपालको परराष्ट्र नीतिअनुरुप अन्तराष्ट्रिय सम्बन्ध र कूटनीतिलाई सञ्चालन गर्दै आएको छ । नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरे अनुसार नेपालको हित सुरक्षित हुने गरी अन्तराष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको छ ।

    मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कुटनीतिक नियोग तथा नियोग प्रमुखहरुलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध छ । नेपालको संविधानको धारा २८२ अनुरुप राजदुत नियुक्त गर्ने तथा सोका लागि राजनीतिक नियुक्ति सम्बन्धमा निर्देशिका २७५ को दफा ८ को ग बमोजिम राजदुतहरुको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ ।

    संविधानको मर्म र राजदुत नियुक्तिको सम्बन्धि निर्देशिकालाई मुल आधार बनाई राजदुतहरुको नियुक्तिको लागि थप व्यवस्थित बनाउन मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्य सम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रुपले प्रयासरत छ । र रहनेछ । राजदुत नियुक्ति राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदुत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको छ ।

    सेवा बाहिरबाट नियुक्त हुनका लागि सिफारित गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रिय हितको निमित्त अधिकतम उपयोग हुने गरी सिफारिस गरिएको कुरा म यहाँहरुलाई प्रष्ट पार्न चाहन्छु । र उहाँहरुको सुनुवाई पनि शुरु भइसकेको छ ।’

    बैठकमा सांसदहरुले राजदुत नियुक्ति समावेश नभएको भन्दै त्यसलाई आगामी दिनमा सच्याउन अघि बढन परराष्ट्रमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend